Posts

Showing posts from March, 2023
Image
  केही गर्हुंगा लगेजहरु                                                                                                                  उ झसंगजस्ती भई। प्याकिंग गर्न टक्कै रोकी, खाटमा चढी र सोचमग्न भई, टाउको झननजस्तो भयो, मानौं केही बजारिएको थियो टाउकोमा। आखिर भएको खास केही हैन। एउटा फोन आएको मात्र हो, ट्रावल एजेन्टलको। चार वर्ष सिड्नी बसाईका क्रममा थुप्रिएका सामान बेस्सरी छाँटेकी हो उसले गएका दुई हप्तादेखि  तर पनि सोचेभन्दा निकै थोरैमात्र लैजान पाइने देखिएको मात्र हो। “अब यी सामान के गर्नु?” सोच्दा पनि चिटचिट पसिना छुटे झैं भयो उसलाई। मनमनै भनी “यी त मेरा अभिन्न कुरा हुन्, मैले सधैं राख्ने कुरा हुन्। कसरी घटाउन सक्छु अरु?” चारवर्ष देखिको उस...